दाङमा घरेलु हतियार सहित ७ जना र अपहरणको अफवाह फैलाउने १ जना गरी ८ जना पक्राउ



दाङमा घरेलु हतियार सहित ७ जना र अपहरणको अफवाह फैलाउने १ जना गरी ८ जना पक्राउ

दाङ २३ माघ । प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका –३ भ्युडरबाट घरेलु हतियार सहति ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका–९ निबासी २५ बर्षका सन्तोष बस्याल, सोही ठाउँ निबासी १६ बर्षका मनोज बिक, २३ बर्षका पोषण ओली, १७ बर्षका बिबेक बस्नेत, २१ बर्षका अजिल मिया, २१ बर्षका २१ का केत ओली र १८ बर्षका मोहन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट खडुा एक थान, हसीया तीन थान, बन्चरो एक थान र पेस्तोल आकारको लाईटर बरामद गरेको छ । गाउँमा मदिरा सेवन गरेर घरेलु हतियार सहित युवाहरु खाली गोठमा बसेको खबर पाएपछि गएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

यता तुलसीपुरमा अपहरणको अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ४ बस्ने ४० वर्षीय खिमबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गए राती १० बजे एकान्त होटेलमा खाना खाई मापसे गरेको अवस्थामा चार जना ब्यक्तिले अपहरण गरेर जंगलमा लगेको भनि प्रहरीलाई फोन गरेका थिए । उक्त आरोपमा वलीलाई तुलसीपुर–३ दमारगाँउबाट आईतबार बिहान ४ बजे पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे