दाङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, ३१ जना निको
दाङ २३ माघ । दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जनाको पिसीआर परिक्षणबाट ४ जना र ३५ जनाको एन्टिजेन परिक्षणबाट ६ जना गरि १० जनामासंक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा एन्टिजेनबाट तुलसीपुरका ६ जना, पिसीआरबाट घोराही र अन्य जिल्लाका २÷२ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका ३१ जना निको भएका छन् । निको हुनेमा लमहीका २२ जना, घोराहीको १ जना, तुलसीपुर, गढवा, राजपुर र राप्तीका २÷२ जना रहेका केन्द्रले जनाएको छ ।
आज थपिएका १० जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या २ सय ५६ रहेको छ । त्यसमध्य घरमा २ सय ४८ जना, सामान्य उपचारमा ५ जना र आईसियूमा ३ जना रहेका केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्