भालुवाङमा कर छली गरी ल्याइएका १३ लाख बढीको मोबाइल देखि आलु प्याज बरामद
भालुवाङ १४ साउन । दाङको राप्ती गाउँपालिका–१ पुल्चोक स्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले गरेको सवारी साधन चेकजाँचका क्रममा करिब रु. १० लाख ७५ हजार बराबरका बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्री बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ४ बजे नियमित चेकजाँच गर्ने क्रममा बिलबिजक विहीन मोबाइल तथा मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद सामग्रीमा एन्ड्रोइड मोबाइलका २२८ वटा डिस्प्ले, ३ वटा ब्याट्री, एक–एक थान आइ फोन १६, आइ फोन १३, आइ फोन १२ र आइ फोन ११ रहेका छन्। बरामद सामग्रीको कुल अन्दाजी मूल्य रु.० १० लाख ७५ हजार रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको छ। साथै उक्त सामग्रीलाई थप प्रक्रिया पूरा गरी कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाएकाे प्रहरीले जनाएको छ। यस्तै प्रहरीले कर छली गरी ल्याईएका ७३ बाेरा आलु र ९९ बाेरा प्याज गरी २ लाख ८३ हजार ५० रुपैया बराबरकाे सामान बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिएका छन् ।
