आदर्श नमुना मावि लालमटियाको प्रेस संयोजकमा ओमप्रकाश गुप्ता नियुक्त



आदर्श नमुना मावि लालमटियाको प्रेस संयोजकमा ओमप्रकाश गुप्ता नियुक्त

लालमटिया २३ माघ । आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियाको प्रेस संयोजकमा ओमप्रकाश गुप्ता नियुक्त भएका छन् । आइतवार विद्यालयले सरस्वती पुजाको अवसर पारि रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेर गुप्तालाई प्रेस संयोजकमा नियुक्त गरेको हो ।

विद्यालयको शैक्षिक तथा भौतिक विकास सँगै विद्यालयले गरेका सकरात्मक कुराहरु बहिर ल्याउन पत्रकार तथा मिडियाको भुमिका महत्वपुणर् हुने भन्दै आइतवार देखि लागु हुने गरी प्रेस संयोजकमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले जानकारी दिएका छन् । यसै बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापाले स्टेशन म्यानेजर गुप्तालाई नियुक्ती पत्र समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे