लमही खानेपानी निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानल बिजयी (मत परिणाम सहित)



लमही खानेपानी निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्यानल बिजयी (मत परिणाम सहित)

लमही २३ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ ।
अघिल्लो निर्वाचनमा पनि नेपाली काङ्ग्रेसबाट कोषाध्यक्ष पदमा चौधरी लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।
९ जना कार्यसमितिका लागि खानेपानी संस्थाको शनिबार मतदान भएको थियो । शुरूवाति चरणमै संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले अग्रता लिएका थिए । सचिब पद बाहेक अन्य पदाधिकारी पदका लागि खास्सै प्रतिस्पर्धा देखिएन ।
सचिब पदका उम्मेदवार बसन्त आचार्य र दशरथ घिमिरे बिच कडा प्रतिस्पर्धा भएपनी अन्ततः संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार आचार्य थोरै मतान्तरले निर्वाचित भएका छन ।
कुल ४ हजार २ सय ७७ मतदाता रहेका मध्ये २७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए ।
कसले कति मत ल्याए, हेर्नुहोस सम्पुर्ण विबरण सहित
अध्यक्ष
सनम कुमार पौडेल (हात्ती ) १०४३
जंग बहादुर चौधरी (बाघ) १५१८ बिजयी
उपाध्यक्ष
श्यामकला भुसाल (माछा ) ९३३
सीतादेबी चौधरी (भाले) १४२१ बिजयी
सचिब
दशरथ घिमिरे (गाग्री) ११७९
बसन्त आचार्य (धारा) १२३३ बिजयी
कोषाध्यक्ष
देवमणी चौधरी (मादल) ९८५
बासुदेब गौतम (बासुरी) १३७८ बिजयी
सदस्यहरु
धनमाया चौधरी (घडी ) ८८७
जगनारायण चौधरी (कैँची ) १४२१ बिजयी
पप्पु डाँगी (आँप ) ८५६
किरण चौधरी (केरा) १४४२ बिजयी
श्रीधर पौडेल (पुतली ) ८८८
ज्ञान बहादुर विक (चस्मा ) १४०० बिजयी
बिमला डाँगी (कुकर) ८६८
शिवा चौधरी (पंखा ) १४०९ बिजयी
सरस्वती पुन मगर (कुर्सी ) ८७०
सीता खत्री पोख्रेल (ओदान) १४५८ बिजयी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे