लमही खानेपानीमा गठबन्धन प्यानलका चाैधरी ३३७ मतले अगाडी ( निर्वाचन अपडेट)



लमही खानेपानीमा गठबन्धन प्यानलका चाैधरी ३३७ मतले अगाडी ( निर्वाचन अपडेट)

लमही २३ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना राति १० बजे देखि सुरू भएको छ । अहिले पनि मतगणना जारी रहेको छ ।

यो समाचार तयार पार्दा सम्म अहिले विहान ६ बजे सम्म २२ सय ५ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार सनम कुमार पौडेलले ८७२, जंगबहादुर चौधरीले १२०९, उपाध्यक्ष श्यामकला भुसालले ७७३, सीतादेबी चौधरीले ११४१, सचिब दशरथ घिमिरेले ९७५ बसन्त आचार्यले ९८५, कोषाध्यक्ष देवमणी चौधरीले ८१७, बासुदेब गौतमले ११०२ मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यहरु धनमाया चौधरीले ७३७, जगनारायण चौधरीले ११४४, पप्पु डाँगीलले ७१४, किरण चौधरीले ११४७, श्रीधर पौडेलले ७४१, ज्ञानबहादुर विकले १११८, बिमला डाँगीले ७२३, शिवा चौधरीले ११२९, सरस्वती पुन मगरले ७२२ र सीता खत्री पोख्रेलले ११६७ मत ल्याएको निर्वाचन समितिका संयोजक कुलचन्द्र पाैडेलले जानकारी दिएका छन् ।

शनिवार विहान आधा घण्टा ढिला गरि साढे ८ बजे देखि सुरु भएको मतदान बेलुकी ४ बजे सम्पन्न भएको थियो । कुल ४ हजार २ सय ७७ मतदाता रहेकोमा कुल २ हजार ७ सय ९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे