लमही खानेपानीको निर्वाचनमा गठबन्धन प्यानलका चाैधरीको अग्रता कायमै ( निर्वाचन अपडेट)



लमही खानेपानीको निर्वाचनमा गठबन्धन प्यानलका चाैधरीको अग्रता कायमै ( निर्वाचन अपडेट)

लमही २३ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना राति १० बजे देखि सुरू भएको छ । अहिले पनि मतगणना जारी रहेको छ ।

यो समाचार तयार पार्दा सम्म १७ सय ५ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार सनम कुमार पौडेलले ६५६, जंगबहादुर चौधरीले ९५०, उपाध्यक्ष श्यामकला भुसालले ५८९, सीतादेबी चौधरीले ८९५, सचिब दशरथ घिमिरेले ७३१ बसन्त आचार्यले ७८०, कोषाध्यक्ष देवमणी चौधरीले ६२०, बासुदेब गौतमले ८६३ मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यहरु धनमाया चौधरीले ५५८, जगनारायण चौधरीले ८९९, पप्पु डाँगीलले ५३७, किरण चौधरीले ९०५, श्रीधर पौडेलले ५६२, ज्ञानबहादुर विकले ८७७, बिमला डाँगीले ५३६, शिवा चौधरीले ८९२, सरस्वती पुन मगरले ५४६ र सीता खत्री पोख्रेलले ९१६ मत ल्याएको निर्वाचन समितिका संयोजक कुलचन्द्र पाैडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे