शिक्षक संघ राप्तीको दोस्रो अधिवेसनबाट मंगलप्रसाद चौधरी अध्यक्षमा चयन



शिक्षक संघ राप्तीको दोस्रो अधिवेसनबाट मंगलप्रसाद चौधरी अध्यक्षमा चयन

भालुवाङ २२ माघ । राप्ती गाउँपालिका शिक्षक संघ स्थानीय कार्य समितिको दोस्रो अधिवेसनले मंगलप्रसाद चौधरीलाई अध्यक्षमा चयन गरेको छ । शिक्षक संघका अध्यक्ष चौधरी सहित २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकोे हो ।

नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल शिक्षक संघको राप्ती गाउँपालिका स्थानिय कार्य समितिको शनिवार मौरीघाट स्थित पार्टी कार्यालयमा रहेको राप्ती गाउँपालिका शिक्षक संघको कार्यालयमा भएको दोस्रो अधिवेसनले पुरुष उपाध्यक्षमा सुवर्णमान चौधरी, महिला उपाध्यक्षमा सविता चौधरी, सचिव अर्थमा हरिचन्द्र चौधरी, प्रशासन सचिवमा फर्सुराम आचार्य, सहसचिव अर्थमा तोमलाल गैरे, सहसचिव महिलामा सिता चौधरी, सहसचिव रमेशप्रसाद कंडेल, सहसचिव प्रशासनमा कालुसिंह थापालाई सर्वसहमतिबाट चयन गरेको हो ।

नव निर्वाचित सदस्यमा क्रमश वडा १ देखी ९ सम्म मोहन पौडेल, यमुना धिताल, जागेन्द्र चौधरी, भुवन भण्डारी, कृष्णमाया चौधरी, एकदेव चौधरी, तुल्सीराम चौधरी, ओमिन चौधरी र दिनेश थापा रहेका छन् । साथै अन्य निर्वाचित सदस्यमा दिपा थापा, मिना खड्का, निर्मला केसी, हेमराज अधिकारी, खिमबहादुर भटराई, सुनिल कुमार चौधरी, हर्कबहादुर चौधरी, गिताकुमारी चौधरी, गोविन्दबहादुर कवर रहेका छन् ।

राप्ती गाउँपालिका शिक्षक संघ स्थानीय कार्य समितीको दोस्रो अधिवेसन नेपाल शिक्षक सङ्घको विधान २०४७ को विधान संशोधन अधिवेशन २०७३ द्वारा संशोधित विधान अनुसार सम्पन्न भएको हो । अधिवेसनका लागि संयोजकको रुपमा बसन्तराज घिमिरे, परिवेक्षकका रुपमा सिता रिजाल तथा सहजकर्ताको रुपमा रामकुमार चौधरी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे