लमही खानेपानीको निर्वाचनमा २७ सय ९ मत खस्यो, आइतवार विहान सम्म नतिजा आउने



लमही खानेपानीको निर्वाचनमा २७ सय ९ मत खस्यो, आइतवार विहान सम्म नतिजा आउने

लमही २२ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको मतदान कार्य सम्पन्न भएको छ । शनिवार विहान आधा घण्टा ढिला गरि साढे ८ बजे देखि सुरु भएको मतदान बेलुकी ४ बजे सम्पन्न भएको हो ।कुल ४ हजार २ सय ७७ मतदाता रहेकोमा कुल २ हजार ७ सय ९ मत खसेको निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिएका छन् । निर्वाचनमा ९ पदका लागि संयुक्त (लोकतान्त्रिक प्यानल) र (लोकतान्त्रिक प्रगतिशिल प्यानल) नेकपा एमलेको तर्फबाट १८ प्रतिसप्रर्धी रहेका छन् । बेलुका चार बजे मतदान सकिएपछि निर्वाचन समिति र उम्मेदवारहरुको छलफलपछि सहमति गरेर मतगणना अगाडि बढाइने र आइतवार विहान सम्म मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

लमही खानेपानीको नेतृत्वको लागी (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट जंगबहादुर चौधरीको नेतृत्व र लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फकबाट सनमकुमार पौडेलले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट उपाध्यक्षमा सीतादेवि चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा बासु गौतम, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वणर्कार, शिवा चौधरी, सीता खत्री पोख्रेल, जगनारायण चौधरीले उम्मेदवारी परेको छ ।

यस्तै लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फकबाट उपाध्यक्षमा श्यामकला भुसाल, सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, धनमाया चौधरी, श्रीधर पौडेल, पप्पु डाँगीको उम्मेदवारी रहेको छ । लमही खानेपानीको नेतृत्वका लागी संस्थाका निवर्तमान सचिव सनमकुमार पौडेल र कोषाध्यक्ष जंगबहादुर चौधरीले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे