स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले गौंमातालाई दानापानी खुवाएर जन्म दिन मनाए



स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले गौंमातालाई दानापानी खुवाएर जन्म दिन मनाए

भालुवाङ २२ माघ । रेडियो राप्तीद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भसालले आफ्नो ५५ औँ जन्मदिन मनाएका छन् ।जन्म दिन मनाउने सबैको आ-आफ्नै शैली हुने गर्छ, कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्म दिन मनाउने गर्छन भने कोही बाहिर घुम्न जाने रमाइलो गर्ने गर्दछन् । तर राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी भुसालले भने राप्ती गाउँपालिका २ लालमटियामा रहेको पशु वृद्धाश्रममा रहेका गौंमातालाई शनिवार दाना खुवाएर आफ्नो जन्म दिन मनाएका हुन् ।पछिल्लो समय जन्मदिन, बिवाह, ब्रतवन्धको अवसरमा होटल तथा रेष्टुरेन्टमा फजुल खर्च गर्ने चलन बढेको पाइन्छ त्यस्तो विकृति अन्त्य गर्न समेत उहाँले गरेको काम उदाहरणीय बनेको छ । आफ्नो जन्मदिनमा अन्यथा खर्च गर्नुभन्दा गौंमाताको सेवा गरे पुण्य पाइने भुसालको भनाई रहेको छ ।पशु वृद्धाश्रममा ५३ गाई, १ गोरु र ४ बाच्छा गरी कुल ५८ गाई गोरु रहेका छन् । अहिले आश्रमको उचित व्यवस्थापन तथा संरक्षण नहुँदा आश्रम समस्यै समस्यामा चलिरहेको छ । राप्ती गाउँपालिकाले वार्षिक रुपमा आर्थिक सहयोग गरेपनि वर्षा र जाडो मौसममा बस्ने गोठ, दाना खुवाउने भाँडो, गाई, गोरु र बच्छा बाच्छी बस्नका लागि छुट्टै कोठाको अभावले एकै ठाउँमा खुल्ला अकाशमुखी राख्नु परेको आश्रमका अध्यक्ष यमबहादुर रोका मगरले जानकारी दिएका छन् ।सो अवसरमा रेडियो राप्तीका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ता, लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल, कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरी, प्रमुख समाचार बाचिका अंशु बोहरा, सहायक प्राविधिक विमल राना मगर, समाचार बाचिका हुमा सुनार र कार्यक्रम प्रस्तोता किरण जिसी लगायतले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे