प्यूठानकाे ओखरपाटामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो



प्यूठानकाे ओखरपाटामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

प्यूठान २२ माघ । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटनाग्रस्त हुँदा आठ जनाको ज्यान गएको छ ।

शनिबार विहान ३ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए । घटनास्थलमै ६ जना र उपाचारको लागि विजुवार अस्पताल ल्याउदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका एकै परिवारका ३ जना बसन्त खड्का, बसन्ता खड्का र एलीसा खड्काको मृत्यु भएको छ ।

त्यसैगरी केशरी खड्का, बल बहादुर बुढामगर, खिम बहादुर खत्री, नन्दी खड्काको मृत्यु भएको हो । बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको हो । घटनामा मृत्यु भएकी एक जना महिलाको पहिचान हुन सकेको छैन । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा दुलही रिमा जि.सी. दुलाहा दान बहादुर खड्का, साबित्रा जिसी, हरी बुढामगर, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर एक जनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ । शुक्रबार राती ३ बजे तिर लुङबाट लिबाङ फर्कदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

स्थानीय प्रहरी घटनास्थलमा पुगीसकेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । जिप सडक देखि १ सय ५० मिटर तल खोल्सामा खसेको स्थानीयले बताएका छन । दुर्घटनाका कारण खुलेको छैन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे