लमही खानेपानीमा शनिबार हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा



लमही खानेपानीमा शनिबार हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा

लमही २१ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार विहान ८ बजे देखि हुने निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको छ ।

निर्वाचनका लागि आवश्यक सामग्री सहित कर्मचारी टोली मतदान स्थलमा पुगिसकेको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिएका छन् । निर्वाचनका लागि मतपत्र, परिचयपत्र लगायत आवश्यक सामग्री सहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन् ।

संस्थामा ४ हजार २ सय ७७ जना मतदाता रहेका छन् भने लमहीको सार्वजनिक बगैँचामा मतदान केन्द्र तोकिएको छ ।
मतदान केन्द्रमा निर्वाचन संयोजक सहित अन्य कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचनको सुरक्षाको लागि अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक पौडेलले बताएका छन् । उनका अनुसार मतदान केन्द्रमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी परिचालन गरिएको छ ।

निर्वाचनमा ९ पदका लागि सयुक्त (लोकतान्त्रिक प्यानल) र (लोकतान्त्रिक प्रगतिशिल प्यानल) नेकपा एमलेको तर्फबाट १८ प्रतिसप्रर्धी रहेका छन् । बेलुका चार बजे मतदान सकिएपछि निर्वाचन समिति र उम्मेदवारहरुको छलफलपछि सहमति गरेर मतगणना अगाडि बढाइने निर्वाचन समितिले जनाएको छ ।

लमही खानेपानीको नेतृत्वको लागी (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट जंगबहादुर चौधरीको नेतृत्व र लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फकबाट सनमकुमार पौडेलले उम्मेदवारी दिएका छन्

त्यसैगरी (संयुक्त लोकतान्त्रिक प्यानल) गठबन्धनको तर्फबाट उपाध्यक्षमा सीतादेवि चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा बासु गौतम, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वर्णकार, शिवा चौधरी, सीता खत्री पोख्रेल, जगनारायण चौधरीले उम्मेदवारी परेको छ ।

यस्तै लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले) को तर्फकबाट उपाध्यक्षमा श्यामकला भुसाल, सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, धनमाया चौधरी, श्रीधर पौडेल, पप्पु डाँगीको उम्मेदवारी रहेको छ ।

लमही खानेपानीको नेतृत्वका लागी संस्थाका निवर्तमान सचिव सनमकुमार पौडेल र कोषाध्यक्ष जंगबहादुर चौधरीले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे