देउखुरीको राप्तीमा अनेरास्ववियु र युवा संघको गाउँपालिका स्तरिय कमिटी गठन



देउखुरीको राप्तीमा अनेरास्ववियु र युवा संघको गाउँपालिका स्तरिय कमिटी गठन

भालुवाङ २२ माघ । देउखुरीको राप्ती गाउँपालिकामा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र युवा संघ नेपालको शनिबार राप्ती गाउँपालिका—७ छोट्की सिसहनियाँमा भएको सयुक्त भेलाले दुई वटै संगठनको पालिका स्तरिय कमिटी गठन गरिएको छ ।

युवा संघ नेपाल राप्ती गाउँपालिका अध्यक्ष मनोज चौधरीको अध्यक्षता एवम् नेकपा एमाले दाङ जिल्ला कमिटी सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको भेलाले अनुपम पौडेलको अध्यक्षतामा राप्ती गाउँपालिका स्तरिय २५ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) गठन गरेको छ ।

 

जसको उपाध्यक्षमा दिलमाया घर्तीमगर, सचिवमा ज्ञानेन्द्र पोखेल, सह—सचिवद्धयमा गोबिन्द शर्मा, सलिना सेन, कोषाध्यक्षमा रुद्रप्रसाद पौडेल र सह—कोषाध्यक्ष सोनिया रोकामगर लगायत अन्य सदस्यहरु रहेका छन् ।

त्यस्तै भेलाले मनोज चौधरीको अध्यक्षतामा राप्ती गाउँपालिका स्तरिय २५ सदस्यीय युवा संघ नेपाल गठन गरेको छ । जसको उपाध्यक्षमा निरज थापा, सचिवमा सुवर्ण शमशेर आरसी, उप—सचिवमा दिलबहादुर खत्री क्षेत्री र कोषाध्यक्षमा गणेश गौतम लगायत अन्य सदस्यहरु रहेका छन् ।

 

नेकपा एमाले राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारीको बिशेष प्रबेश तथा एक मिनेट मौनधारण गरेर शुरु भएको भेला नेकपा एमाले दाङ जिल्ला सदस्यहरु हरि बेल्बासे, मेनुका शर्मा, नन्दकुमार चौधरी, रामपति चौधरी, पूर्व जिल्ला सदस्य अनन्तराज पौडेल र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोषकुमार गुप्ता लगायतका नेताहरुको उपस्थिीति रहेको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियुका जिल्ला सदस्य बसन्तप्रसाद भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे