आदर्श नमुना मावि लालमटियाले सरस्वती पुजाको दिन मन्दिर उद्घाटन गर्ने



आदर्श नमुना मावि लालमटियाले सरस्वती पुजाको दिन मन्दिर उद्घाटन गर्ने

लालमटिया २१ माघ । आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियाले माघ २३ गते सरस्वती पुजाको दिन सरस्वती मन्दिरको उद्घाटन कार्यक्रम गर्ने भएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अभिभावक, शिक्षक, विद्यार्थी र समितिका पदाधिकारी सहितको सहभागितामा सरस्वती पुजा सँगै विद्यालयको परिसरमा निमार्ण गरिएको सरस्वती मन्दिरको समेत सोही दिन उद्घाटन गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक यादव आचार्यले जानकारी दिएका छन् ।

साथै कार्यक्रममा सहभागी भईदिन हुन सम्पुर्ण अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई विद्यालयले सवैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे