दाङमा शुक्रबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढ्याे



दाङमा शुक्रबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढ्याे

 दाङ २१ माघ । दाङमा शुक्रबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढेको छ । जिल्लामा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६६ जना निको भएका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसीआर परिक्षणबाट ९ जना र विभिन्न पालिकामा ३५ जनाको एन्टीजेन परिक्षणबाट १९ जना गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यस्तै संक्रमण पुष्टि हुनेमा राप्तीका १२, घोराहीका ७, तुलसीपुरका ५, राजपुर, शान्तिनगर, गढवा र दंगीशरणका १/१ जना रहेका छन् ।

यसैविच आज कोरोना मुुक्त हुनेमा एन्टिजेनबाट ५० र पिसीआरबाट १६ गरि ६६ जना रहेका केन्द्रले जनाएको छ । दाङमा अहिले सकृय बिरामीको संख्या २९० मा झरेको छ । उनिहरु मध्य २८२ जना घरमै, आईसीयुु र अक्सिजन सहितको उपचारमा एक/एक जना रहेको केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे