दाङमा हिउँदे बर्षाले ३ करोड बढी इट्टामा क्षती



दाङमा हिउँदे बर्षाले ३ करोड बढी इट्टामा क्षती

दाङ २१ माघ । दाङमा पटक–पटकको हिउँदे बर्षाले करोडौंको इट्टामा क्षति भएको छ ।  असोजमा भएको बेमौसमी बर्षाद र त्यस यता बिभिन्न समयमा भएका बर्षादले गर्दा ३ करोड बराबरको इट्टामा क्षति भएको दाङ देउखुरी इट्टा व्यबसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीले बताएका छन् ।

विभिन्न समयमा परेकाे हिउँदे वर्षाले करिब ३ करोड बढी इट्टामा  क्षति भइसकेको छ । पकाउनका लागि तयारी अबस्थामा राखिएका इट्टा पानीले भिजाउदा नष्ट हुने गरेको उनको भनाई छ ।

यसले गर्दा पनि यो बर्ष जिल्लामा इट्टाको अभाब हुन सक्ने उनको भनाई छ । जिल्लामा हाल ३५ वटा इट्टा उद्योग छन् । यस बर्ष घाटा हुने देखिएपछि इट्टा उद्योग बन्द हुने अबस्था आएको समेत उनको भनाई छ ।

यस अघि मात्रै जिल्लामा इट्टामा पानीले क्षति गरेपछि मूल्य बृद्धि समेत गरिएको थियो । १ नम्बर इट्टाको प्रति मूल्य रु.१६, २ नम्बर इट्टाको प्रति रु.१२ र ३ नम्बर इट्टाको प्रति रु.१० तोकिएको थियो । प्रत्येक ईट्टामा रु. १ बृद्धि गरिएको छ । राज्यले बीमाको ब्यबस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे