नेपालमा शुक्रबार थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १६ जनाको मृत्यु



नेपालमा शुक्रबार थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १६ जनाको मृत्यु

काठमाडाैँ २१ माघ । नेपाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो ।

६ हजार ६ सय ५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६ सय २ र चार हजार ४ सय १८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २५ जन संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५६ हजार ४ सय ५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३ सय ६७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २ सय ४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ भने ८ लाख ९५ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे