राप्ती गाउँपालिकाका ५ जना सहित दाङमा डेढ सय शिक्षक दरबन्दी खाली



राप्ती गाउँपालिकाका ५ जना सहित दाङमा डेढ सय शिक्षक दरबन्दी खाली

दाङ २१ माघ । राप्ती गाउँपालिकाका ५ जना सहित दाङमा डेढ सय शिक्षक दरबन्दी खाली रहेको छ । जिल्लाभर एक सय ५१ शिक्षक दरबन्दी खाली रहेको शिक्षा विकास तगा समन्वय ईकाई कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह गरेर उक्त संख्यामा शिक्षक दरबन्दी खाली भएको हो ।

जिल्लामा अहिले प्राथमिक तहमा १२२ जना, निम्नमाध्यामिक तहमा २३ जना र माध्यामिक तहमा ६ जना गरेर १५१ जना शिक्षक दरबन्दी खाली भएको कार्यालयले जनाएको छ । प्राथमिक तह मध्ये घोराही क्षेत्रमा ३९ जना, तुलसीपुरमा २१ जना, लमहीमा २ जना, गढवामा ८ जना, राजपुरमा १३ जना, बंगलाचुलीमा १७ जना, दंगीशरणमा ४ जना शान्तिनगरमा ३ जना र बबई गाउँपालिकामा १० जनाको खाली रहेको कार्यालय जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे