दाङमा परेकाे हिउँदे बर्षाले चिसो बढ्याे : जनजीवन प्रभावित



दाङमा परेकाे हिउँदे बर्षाले चिसो बढ्याे : जनजीवन प्रभावित

दाङ २१ माघ । दाङमा बिहीबार दिउँसो देखि भएको हिउँदे बर्षातका कारण जनजीवन प्रभावित भएको छ । बिहीबार केहिबेर हावाहुरी र असिनासंगै पानी परेको थियो भने शुक्रबार बिहानदेखि बर्षा सुरु भएको छ । जसका कारण चिसो अत्याधिक बढेको छ । चिसोका कारण बालबालिका र जेष्ठ नागरिक प्रभावित भएका छन् भने बर्षातका कारण कामकाजका लागि बाहिर जाने नागरिकहरु घरमै बस्न बाध्य छन् । भने गाईबस्तुहरु गोठमै बाँधिका छन् ।

उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । बेलुकी सम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि देखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उनको भनाइ छ ।

आइतवार देखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे