सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा



सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै २१ माघ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिए । तर, कतिपय काम मिति घोषणा भएपछि सुरु हुने उनले बताए ।स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले मतदाता सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिरहेको प्रवक्ता पौडलले जानकारी दिए ।

चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम भइरहने पनि उनले बताउ । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे