लालमटियाकाे कालिका सामुदायिक वनद्धारा वन क्षेत्रमा झाडी सरसफाई



लालमटियाकाे कालिका सामुदायिक वनद्धारा वन क्षेत्रमा झाडी सरसफाई

लालमटिया २१ माघ । देउखुरीकाे राप्ती गाउँपालिका २ लालमटियामा रहेकाे कालिका सामुदायिक वन उपभोक्ता समुहले वनमा रहेका अनाश्यक झाडी सरसफाई कार्यक्रम सुरु गरेको छ । सामुदायिक वनको खण्ड क को १० हेक्टर क्षेत्रफलमा रहेको अनाश्यक रुपमा उम्रिका झाडी सफाइ गर्न सुरु गरिएको हो ।

अनाश्यक रुपमा उम्रिका झाडीका कारण ठुला बोट विरुवा हुर्किन नसकेपछि बोट विरुवाको वृद्धि विकासका लागि झाडी सफाई गर्न थालिएको सामुदायिक वनका अध्यक्ष पहलवान चौधरी अनुपले जानकारी दिनु भएको छ । गत माघ १९ गते देखि सुरु भएको झाडी सरसफाई कार्यक्रम आगामी फागुन ७ गते सम्म सञ्चालन हुने समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे