देउखुरीमा मन्त्रालयहरु आए, मन्त्री आएनन् : कार्यालय सहयोगीको भरमा स्वास्थ्य मन्त्रालय चल्दै



देउखुरीमा मन्त्रालयहरु आए, मन्त्री आएनन् : कार्यालय सहयोगीको भरमा स्वास्थ्य मन्त्रालय चल्दै

भालुबाङ २१ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा २ वटा मन्त्रालयहरु आए पनि मन्त्री भने मन्त्रालयमा बस्दैनन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालय भित्र स्थापना गरिएको ग्रामीण, शहरी तथा पर्यटन विकास मन्त्रालयमा मन्त्री डिल्ली चौधरी र वडा नम्बर ५ सिसहनियाँमा रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा मन्त्री इन्द्रजीत थारु बस्दैनन् ।

विहीवार स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय सिसहनिया सुनसान थियो । न मन्त्री, न मुख्य सचिव, न त अरु कर्मचारी नै । कोही नभएको सजिसजाउ तर सुनसान प्रदेश मन्त्रालयको एकमात्र कुरुवा कार्यालय सहयोगी २० दिन देखि उनै एक्ला कार्यालय सहयोगी जीवन विश्वकर्माको भरमा मन्त्रालय चलेको छ ।
मन्त्री इन्द्रजीत थारु त्यही क्षेत्रकै भएकाले बेला बेला आउनुहुन्छ । मन्त्री र कार्यालय सहयोगी बाहेक अरु कर्मचारी मन्त्रालयमा भेटिदैनन् । सचिव डा. विकास देवकोटा बाहेक अरु कर्मचारीले त उद्घाटन पश्चात त्यहाँ पाइला समेत टेकेका छैनन् ।

त्यसैले राप्ती गाउँपालिका ५ सिसहनिया स्थित स्वास्थ्य मन्त्रालय सुनसान बनेको छ । माननीय मन्त्री आइराख्नुहुन्छ, राज्यमन्त्री रुकुम भिजिटमा हुनुहुन्छ कार्यालय सहयोगी विश्वकर्माले भने– ’अरु काम बुटबलबाटै हुन्छ । अब छिट्टै आउने भन्ने सुनेको छु । क्वाटर सहित बस्नु भएका कार्यालय सहयोगीले नै अहिले मन्त्रालय धानी रहेका छन् । स्वास्थ्य मन्त्रालय त ०७८ पुस ३० गते स्थापना भएको हो ।

महिना दिन पुगेको छैन मन्त्रालय स्थापना भएको ०७८ वैशाख २६ गते स्थापना गरिएको पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय पनि दुई कार्यालय सहयोगीकै भरमा चलेको छ । राप्ती प्राविधिक शिक्षालय लालमटियाको परिसरमा नौ महिना अघि स्थापना भएको मन्त्रालय अहिले कार्यालय सहयोगी मिलन श्रेष्ठ र सुन्दर चौधरीले सञ्चालन गरिरहनु भएको छ । पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी फाट्टफुट्ट आउनुहुन्छ आएपछि चार पाँच दिन बस्नुहुन्छ पनि एक दुईजना कर्मचारी पनि आउँछन् काज खाएर फर्किन्छन् ।

अलि धेरै बस्ते एकजना कम्प्युटर अधिकृत शम्भु घिमिरे हुनुहुन्छ तर मन्त्र स्थापना भएको नौ महिनासम्म पर्यटन मन्त्रालय पनि सुनसान छ । ३४ दरबन्दी रहेको पर्यटन मन्त्रालयमा १८ जना कर्मचारी कार्यरत छन् तर मन्त्रालयमा नियमित हुने दुई कार्यालय सहयोगी मात्र हुन् । त्यसपछि सबैभन्दा धेरै बस्ने एक कम्प्यूटर अधिकृत छन् । मन्त्री, सचिवका चेम्बर सुनसान छन् मन्त्रालयका शाखाहरु खाली खाली छन् । सेवा प्रदायक नै नभएपछि सेवाग्राही आउने कुरै भएन यति मात्रै होइन सुनसान पर्यटन मन्त्रालयको छेउमै मुख्यमन्त्रीको सम्पर्क कार्यालय छ ।

०७८ कार्तिक २ गते स्थापना गरिएको कार्यालयमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार रहने भनिएको थियो तर सम्पर्क कार्यालय प्रायः बन्द हुन्छ । बिहीवार पनि बन्द नै थियो । बरु भर्खरै सञ्चालन गरिएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका दुई कर्मचारी कार्यालय कुरेर बसेका छन् मुख्यमन्त्रीको सम्पर्क कार्यालय पनि उस्तै सुनसान छ । लुम्बिनी प्रदेशसभाले ०७७ असोज २० गते देउखुरी उपत्यकालाई राजधानी तोकेपछि सम्पूर्ण कामकाज दाङबाटै गर्ने प्रयास थालिएको थियो तर २० महिना वितिसक्दा पनि अस्थायी मुकाम बुटवलबाटै काम भइरहेको छ ।

सारिएका मन्त्रालय र कार्यालय पनि नाममात्रेका छन् । नाममात्रै भए पनि दुईवटा मन्त्रालय दाङ सारिएका छन् । अ मुख्यमन्त्रीको कार्यालयसहित ११ मन्त्रालय त अस्थायी मुकामबाट उठ्न मानेका छैनन् । फागुन १२ मित्रे साध्छौं मुख्मन्त्रीको कार्यालय लुम्बिनी प्रदेशका १३ मन्त्रालयका कामकाज अहिले बुटवलबाट भइरहेका छन् । पर्यटन र स्वास्थ्य मन्त्रालयको बोर्ड सारिएको छ । काम बुटवलबाटै हुन्छ तर यो अवस्था धेरै दिन नरहने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ मुख्यमन्त्री कुलप्रसाद केसीले फागुन १२ भित्रै लालमटियास्थित राप्ती प्राविधिक शिक्षालय गढवा सारिसक्न अल्टिमेटम दिएकाले अब छिट्टै लालमटियाबाट मन्त्रालयको सेवा सञ्चालन गरिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

अल्टिमेटम दिइएको छ । फागुन १२ भित्र केही न केही हुन्छ मुख्यमन्त्रीले छिटै मन्त्रालय सार्ने तयारी गरिराख्नुभएको छ’– विकले भने । स्वास्थ्यमन्त्री इन्द्रजीत चौधरीले माघ १६ गते एक हप्तामा मन्त्रालयको सबै काम दाङबाट हुने बताएका थिए । तर कर्मचारीमा कोरोना संक्रमणका कारण अब फागुन ३ गते प्रदेश स्थापना दिवसको अवसरमा काम सञ्चालन गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए तर स्थानीयले भने भालुवाङ क्षेत्रबाटै सबै मन्त्रालयको काम छिटो होला भन्नेमा शंका व्यक्त गरेका छन् भएकै मन्त्रालयमा काम हुदैन ।

कतिपय फर्केर गइसके स्थानीय एवं रेडक्रसकर्मी गंगाराम भट्टराईले भने राजनीतिक इच्छाशक्ति देखिदैन । आलटाल गर्ने काम मात्र भएको छ । मन्त्रालय आउदै आउदैनन् भन्ने त लाग्दैन तर छिटै आउलान् भन्ने पनि लाग्दैन । नयाँ युगबोधबाट सभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे