राप्ती गाउँपालिकामा बिहिवार ९९८ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए



राप्ती गाउँपालिकामा बिहिवार ९९८ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए

भालुवाङ २० माघ । देउखुरीको राप्ती गाउँपालिकामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउने अभियान जारी रहेको छ । यसै क्रममा बिहिवार ४ वटा खोप केन्द्रबाट छात्र ४९० जना र छात्रा ५०८ जना गरी कुल ९९८ जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएका छन् ।

जस अनुसार जनता आधारभुत विद्यालय करङ्गेकोट खोप केन्द्रमा ५१ जना, शंकर मावि पिपरी खोप केन्द्रमा ३३० जना, सिरिन भ्याली बोडिङ स्कुल मौरीघाट खोप केन्द्रमा ३४० जना र सिद्धार्थ बोडिङ स्कुल मौरीघाट खोप केन्द्रमा २१८ जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको छ ।

अहिले सम्म राप्तीमा ९४ प्रतिशतले मोडर्ना खोप लगाएका छन् । १२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थी तथा किशोर किशोरीहरुलाई विद्यालयमै पुगेर कोरोना विरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको हो । जिल्ला खोप समन्वय समिति दाङको निर्णय बमोजिम राप्ती गाउँपालिका क्षेत्रका २१ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप लगाउन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे