दाङमा नक्कली प्रहरी नायव निरिक्षक पक्राउ



दाङमा नक्कली प्रहरी नायव निरिक्षक पक्राउ

दाङ २० माघ । दाङमा प्रहरीको सई हु भन्दै लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ करजाई निवासी वर्ष २५ का छयाक्ले भनिने अनिल पुन रहेका छन् ।

उनले गएको माघ १७ गते घोराही १५ भरतपुर आर्मी ब्यारेक नजिकबाट मार्शल पुनमगर र सन्तोष खड्काको साथबाट प्रहरीको सई हो भन्दै दुई थान मोबाईल र नगद चार हजार लुटपाट गरी फरार रहेका थिए ।

प्रक्राउ परेकाको साथबाट लुटीएको मोबाईल फेला परेको जनाइएको छ । साथै निजले लुटपाट गरेको स्वीकार गरेकाले आबस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे