दाङमा राप्तीका १ जना सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा राप्तीका १ जना सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २० माघ । दाङमा राप्तीका १ जना सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती गाउँपालिकामा बिहिवार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिसहनियाँ स्वास्थ्य चौकी र प्रस्तावित भालुवाङ अस्पतालमा ५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १ जना महिलामा संक्रमण पुष्टि भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

यस्तै विहिवार विभिन्न पालिकामा ५० जनाको एन्टीजेन परिक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा दाङमा पिसिआर परिक्षण गरिएको छैन् । यस्तै विहिवार थपिनेमा घोराहीका १४, तुलसीपुरका ३ र दंगीशरणका १ जना रहेका छन् ।

यसै विच विहिवार ७८ जना कोरोना मुुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका २९, तुलसीपुरका १५, दंगिशरणका ९, गढवाका ३, लमहीका १, राप्तीका १४ र जिल्ला बाहिर रोल्पाका ६ जना रहेका छन् । दाङमा अहिले सकृय बिरामीको संख्या २९३ मा झरेको छ । उनीहरु मध्य २८५ जना घरमै, ७ जना आईसीयुुमा र १ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे