गठबन्धन भन्दा राष्ट्रियता ठुलोः अध्यक्ष केसी



गठबन्धन भन्दा राष्ट्रियता ठुलोः अध्यक्ष केसी

 देउखुरी २० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता भन्दा ठूलाे गठबन्धन हुनै नसक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले एमसीसी ल्याउने शर्तमा गठबन्धन कायम राख्न नसकिने संकेत गरे ।

उनले भने, नेपाली कांग्रेसका ठूलो शत्तिपनि गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागेका छन्, उपलव्धि गुमाउन खोज्नेहरुको आडमा एमसीसी आउन थालेको छ, कुनैपनि हालतमा एमसीसी पास गर्नुहुदैँन । अहिले सरकारका तीन अङ्ग नै अस्थव्यवस्थ अवस्था रहेको बताउदै अध्यक्ष केसीले व्यवस्थापीका सांसदलाई भत्काएपछि चल्नै नदिएको, न्याय पालिकामा भद्रगोल भएको र सरकारले पनि व्यवस्थापिका संसद चल्न नपाएपछि शुसासन दिन नसकेको समेत बताए ।

उनले भने, संसद नै नचलेपछि जनताको आवाज बोल्ने थलो बन्द भएको छ, यो राम्रो संकेत होइन, यस्ले प्राप्त उपलब्धि गुम्ने गम्भिर खतरा छ । संघीयताको विषयमा उनले आफ्नो पार्टीको फरक मत रहेको स्मरण गराउँदै संघीयता मुलुकले धान्न नसकेका कैयन उदाहरण देखिदै आएकाले संघीयताको अविलम्ब खारेजी हुनुपर्ने तर्क गरे ।

राष्ट्रिय जनमोर्चाको विभाजनको विषयमा उनले पार्टीबाट कारवाही परेका केही व्यक्तिहरुले अवसरको खोजी मात्रै गरेको र आफ्नो पार्टीको नाम जुधाएर राखेको प्रर्ति आपक्ति जनाए । राष्ट्रिय जनमोर्चा लमही नग्र कमिटिका अध्यक्ष हरि वहादुर थापाको अध्यक्षता तथा चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत नगर कमिटिका उपाध्यक्ष ताराप्रसाद खनाललेगरेका थिए भने कार्यक्रमको सहजीकरण लमही नगर कमिटिका सचिव लेखराज आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे