एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिलाई कारवाही



एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिलाई कारवाही

दाङ २० माघ । नेकपा एमाले दाङले तीन जना जनप्रतिनिधिलाई कारबाही गरेको छ । नेकपा एमालेको तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी तुलसीपुर उपमहागरपालिकाको कार्यपालिका सदस्य जानका रेग्मी, डिला परियार र दिपक कुमालले पार्टी हित बिपरित कार्य गरेको भन्दै एमाले दाङले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले बिहीबार विज्ञप्ति जारी गरी पार्टीको हित बिपरित कार्य गरेकाले तीनैजनालाई कारबाही गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा भुलबस तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको नाममा भ्रमपूर्ण कुराहरु सार्वजनिक भएकोमा उक्त कुरा भ्रमपूर्ण भएको भन्दै उनी पार्टीको जिम्मेवारी र दैनिक आफ्नो कार्यमा क्रियाशिल रहेको समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे