दाङमा लागुऔषध सहित एक जना पक्राउ



दाङमा लागुऔषध सहित एक जना पक्राउ

दाङ २० माघ । दाङमा लागुऔषध एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क जनिकै बाटोमा लागुऔषध खैरो हिरोईन ओसार पसरा तथा विक्रि वितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई शंकास्पद रुपमा बसिरहेको रहेको अवस्थामा उनको शरिरमा खान तलासी गर्दा उनले लगाएको ज्याकेटको गोजीमा चुरोटको डिब्बामा रातो प्लाष्टिकको टुक्राहरुमा बाधिएको ३४ पुरिया लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरका २६ वर्षीय दीपेन्द्र खड्का रहेका छन् । प्रहरीले उनको साथबाट ३४ पुडियामा रहेको १ ग्राम ३८० मिलीग्राम लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे