राष्ट्रिय जनमाेर्चा औपचारिक रूप मै विभाजन



राष्ट्रिय जनमाेर्चा औपचारिक रूप मै विभाजन

काठमाडौँ १५ माघ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चामा औपचारिक विभाजन भएको छ । मसाल विभाजन गरी नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेकोमा सो पार्टीको मोर्चालाई राष्ट्रिय जनमोर्चा समन्वय समिति बनाइएको हो ।

शनिबार भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरु चिन्तामणि पौडेल, सुर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिब गौरीलाल कार्की रहेका छन् ।

दाङबाट रामबहादुर जीएम, शशी बुढाथोकी र गोपाल नेपाली केन्द्रीय सदस्यमा चयन भएका छन् ।

भेलाले ५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको पत्रकार नारायण शर्माले जानकारी दिए । मूल पार्टीबाट छुटिएको अर्को समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादी केन्द्रमा समाहित भइसकेको छ । सो समूहका ६ जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य बनेका छन् ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीको नामावली
१. अध्यक्षः कृष्णराज पौडेल (नवलपरासी)
२. उपाध्यक्षः चिन्तामणी पौडेल (काठमाडौं )
३ उपाध्यक्षः सुर्या थापा (काठमाडौं)
४. उपाध्यक्ष ः सुरेन्द्र भण्डारी (मोरङ्ग)
५. महासचिवः लाल बहादुर जाग्री (डडेल्धुरा )
६. सचिबः गौरिलाल कार्की (बाके)
७. कोषाध्यक्षः ओम बहादुर केसि (दाङ)
सदस्यहरु ः– ८. बालकृष्ण सुवेदी (सुनसरी)
९. नर बहादुर थापा (रुपन्देही)
१०. मनिराम सापकोटा (रुपन्देही)
११. लक्ष्मी न्यौपाने (रुपन्देही)
१२. उद्दब ऐर (डडेल्धुरा)
१३. धनबहादुर बोहरा (डडेल्धुरा)
१४. कर्ण थापा (बारा)
१५. दिपक चौधरी (बारा)
१६. रामबाबु साह (बारा)
१७. मोमिना खातुन (बाके)
१८. गुणनिधी आचार्य (बाके)
१९. श्रीप्रसाद थापा ( बागलुङ)
२०. रेशम गिरि (बागलुङ)
२१. गोपाल नेपाली (दाङ)
२२. शशिराम बुढाथोकी (दाङ)
२३. नारायण सापकोटा (बागलुङ)
२४. बिरेन्द्र थापा (बागलुङ)
२५. रामबहादुर जिएम (दाङ)
२६. राजेन्द्र नेपाली (अर्घाखाँची)
२७. राधा खरिवडा (मोरङ)
२८. रामहरि धिताल (मकवानपुर)
२९. राजिमसुर राई (भोजपुर)
३०. सन्तोष राई (झापा)
३१. लेखनाथ शर्मा (नवलपुर)
३२. धनपती ज्ञवाली (नवलपुर)
३३. शोभादेबि सापकोटा (नवलपुर)
३४. खगेश्वर शर्मा (पार्सा)
३५. तपसी चौधरी (पर्सा)
३६. मनु बिक (प्युठान
३७. जितामित्र सुनार (प्युठान)
३८. वीरबहादुर पुन (प्युठान)
३९. तारा पौडेल (चितवन)
४०. लक्ष्मी रिजाल “उदय ” (कैलाली)
४१. सुशील शाही (कालिकोट)
४२. बिक्रम थापा (कास्की)
४३. नरेन्द्र झुकाल (कंचनपुर)
४४. धर्मदेब पन्त (कंचनपुर)
४५. हिमलाल वाग्ले (कपिलवस्तु )
४६. कमल खड्का (कपिलवस्तु )
पाँच सदस्यको स्थानपछि केन्द्रिय समितीले पुर्ति गर्नेगरी हाललाई रिक्त राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे