स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको पुर्खाैली घर संरक्षणमा कसैको ध्यान गएन



स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको पुर्खाैली घर संरक्षणमा कसैको ध्यान गएन

भालुवाङ १५ माघ । स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको पुर्खाैली घर संरक्षणमा कसैको ध्यान नजाँदा अहिले भग्नावशेष अवस्थामै कायम रहेकोे छ ।

दाङको भालुवाङमा अवस्थित स्वर्गीय सेनको घर अहिले भग्नावशेषमै रहेको छ । माघ १५ गते प्रेस सगंठनको स्थापन दिवस मनाइरहदा स्वर्गीय पत्रकारको घर संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

उनको घर भत्किएको अवस्थामा रहेको छ । नेपाली पत्रकारिता जगतमा कृष्ण सेनको अतुलनीय योगदान रहेको छ ।    कृष्णसेन इच्छुक माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशमा कार्यरत रहेका थिए ।

कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो । सेनको द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए। उनको मृत्यु २०५९ जेठ १३ महेन्द्र पुलिस क्लबमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे