स्थानीय तहको चुनावबारे ठोस निचोड निकाल्न सत्ता गठबन्धनको बैठक आज बस्दै



स्थानीय तहको चुनावबारे ठोस निचोड निकाल्न सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाण्डाै १५ माघ ।  स्थानीय तहको चुनावकाे मितिबारे छलफल गर्न आज सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलपछि आज गठबन्धनको बैठक बोलाइएको हो। तर बैठकको समय अहिलेसम्म टुङ्गो नलागेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् । तर आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले ठोस निचोड निकाल्ने नेताहरुले प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा कानुनविद्ले तोकिएको मिति वैशाखमै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे