देउखुरीकाे राप्तीमा ७ जना सहित दाङमा शुक्रबार थप ३८जनामा कोरोना पुष्टि, ६४ जना निको



देउखुरीकाे राप्तीमा ७ जना सहित दाङमा शुक्रबार थप ३८जनामा कोरोना पुष्टि, ६४ जना निको

दाङ १४ माघ । देउखुरीकाे राप्ती गाउँपालिकामा ७ जना सहित दाङमा शुक्रबार थप ३८जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । १९ जनाको पिसिआर परिक्षणबाट ५ जना र ६० जनाको एन्टीजेन परिक्षणबाट ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यस्तै शुक्रबार थपिनेमा तुलसीपुरका १७ जना, घोराही र राप्तीका ७/७ जना, गढवाका ४, दंगीशरणका एक जना र जिल्ला बाहिरका २ जनामा कोरोना देखिएको हो । यसैविच आज ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जसमा तुलसीपुरका ४१, घोराहीका १९ , राप्तीका २, दंगिशरण र जिल्ला बाहिरका १/१ जना गरी आज ६४ जना निको भएका छन् । आज ३८ जना थपिएसँगै दाङमा सकृय बिरामीको संख्या ४ सय ४४ पुगकोे छ ।

उनीहरु मध्ये ४ सय ६६ जना घरमै, ५ जना आईसीयुमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे