भारतबाट पक्राउ परेका कैदी नाइके यमराज परियार पुर्पक्षका लागि कारागार चलान



भारतबाट पक्राउ परेका कैदी नाइके यमराज परियार पुर्पक्षका लागि कारागार चलान

दाङ १२ माघ । घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुुद्धामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।

प्रहरीले उनलाई अस्ती भारतको पञ्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले मार्फत आज अदालतमा बुुझाएको थियो । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

परियारको बयान र थुनछेक पछि मुद्धामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । कारागारका नाईके समेत रहेका परियारले कारागार भित्रै आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रेमिकाको हत्या मुुद्धामा २० बर्ष कैद सजाय पाएका परियारले साढे ७ बर्ष कैद भुक्तान गरेका थिए । कानुुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे