दाङमा शनिबार थप ७७ जना संक्रमणमुक्त, ७ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा शनिबार थप ७७ जना संक्रमणमुक्त, ७ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ८ माघ । दाङमा शनिबार थप ७७ जना काेराेना सक्रमणमुक्त हुँदा ७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपदकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ३० जनाको एन्टिजेन परिक्षण गर्दा ६जना महिला र एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । पुष्टि हुनेमा तुलसीपुरका ४ जना, दंगीशरणका २ जना र घोराहीका एक जना रहेको केन्द्रले जनाएको छ ।

यस्तै आज जिल्लाका ७७ जना निको भएका छन् । निको हुनेमा तुलसीपुरका ६६ जना र घोराहीका ११ जना रहेको छन् । आज जिल्लामा सक्रिय विरामीको संख्या ३ सय १९ पुगेको केन्द्रले जानकारी दिएको छ । सक्रिय विरामी मध्ये ४ जनामा आईसियूमा, ८ जना सामान्य उपचारमा र ३ सय ७ जना घरमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे