लमहीको एक कपडा गोदाममा आगलागी : २५ लाख बढीको नोक्सानी



लमहीको एक कपडा गोदाममा आगलागी : २५ लाख बढीको नोक्सानी

लमही २६ पुस । दाङ देउखुरीको लमहीमा एक कपडा गोदाममा आगलागी भएको छ । आगलागीबाट करिब २५ लाख बराबरको समान जलेर नष्ट भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा सोमबार अपरान्ह ढेढ बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको प्रहरी जनाएको छ । आगलागी भएको खबर पाए लगत्तै लमही नगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीय घटनास्थल पुगेका थिए ।

समयमै आगोलाई नियन्त्रण लिंदा वरपरका घरमा क्षति हुनबाट जोगिएको स्थानीय गणेश चौधरी बताए । गोदाममा राखेका सबै कपडा जलेर नष्ट भएको र अन्य मानवीय क्षति भने नभएको चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे