भालुवाङ देखि कालाकाटेतर्फ जाँदै गरेकाे जेसीबीमा अचानक आगलागी : ठूलो दुर्घटना टर्‍यो



भालुवाङ देखि कालाकाटेतर्फ जाँदै गरेकाे जेसीबीमा अचानक आगलागी : ठूलो दुर्घटना टर्‍यो

भालुवाङ २१ साउन । अर्घाखाँचीकाे सितगंगा नगरपालिका–८, हात्तीधुङ्गा स्थित दक्षिणकाली क्रसर नजिक बिहिबार साँझ करिब ७:४५ बजे गुडिरहेको जेसीबीमा अचानक आगलागी भएको छ।

भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको लु १ क २२४२ नम्बरको जेसीबी, शुभ श्री अग्नि सिमेन्ट उद्योगको चरिङ्गे साइटतर्फ जाँदै गर्दा आफैं विद्युत् सर्ट भई आगलागी भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङले जनाकारी दिएकाे छ। आगलागीबाट जेसीबीको भित्री भागका विद्युतीय तार तथा सिट कभर जलेर क्षति पुगेको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। घटनाको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल शाहको कमाण्डमा ८ जनाको टोली घटना स्थलमा खटेर आगाेलाइ नियन्त्रणमा लिएका थिए । आगलागीबाट जेसीबीमा आंशिक क्षति भएकाे प्रहरीले बताएकाे छ ।

जेसीबी चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–८ निवासी २३ वर्षीय मोहन कुमाल रहेका छन्। त्यसैगरी, साइट इन्चार्ज पदमबहादुर पुन र व्यवस्थापक शिव आर्याल रहेको खुलेको छ। प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे