देउखुरीको साना किसान कृषि सहकारीकाे चौथो बार्षिक साधारणसभा



देउखुरीको साना किसान कृषि सहकारीकाे चौथो बार्षिक साधारणसभा

भालुवाङ २६ पुस । देउखुरीको सिसहनियाँ साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा सोमबार देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष बिष्णु गुरुङ्गको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । संस्थाकी उपाध्यक्ष मिनाकुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाकी अध्यक्ष गुरुङ्गले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र प्रबन्धक मिनबहादुर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थालाई योगदान पुर्‍याएको भन्दै राप्ती गाउँपालिका—५ नम्बर वडाध्यक्ष गोबद्धन रावत र संस्थाकी जेष्ठ सदस्य तनीसरा घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । सो अवसरमा नेपाल कृषि संघका केन्द्रिय लेखा सदस्य चिरञ्जीवी केसी, साना किसान विकास लघुबित्त बित्तीय संस्था ईलाका कार्यालय नेपालगञ्जका ईलाका प्रबन्धक शेरबहादुर चौधरी, राप्ती गाउँपालिका—८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक मिनबहादुर चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे