लालमटियामा माघी मेला लगाउने ठाउँको अवलोकन, मेलामा मास्क अनिवार्य लागू गरिने



लालमटियामा माघी मेला लगाउने ठाउँको अवलोकन, मेलामा मास्क अनिवार्य लागू गरिने

लालमटिया २२ पुस । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालन हुन लागेको माघी मेला तथा साँस्कृतिक कार्यक्रमका लागि बिहिवार कार्यक्रम हुने स्थलको अवलोकन गरिएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समुहको आयोजना एवम् रेडियो राप्तीद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवको सहआयोजना एवम् रेडियो राप्ती, राप्ती टेलिभिजन र देउखुरी टुडे डटकमको मिटिया पार्टनरमा सञ्चालन गर्न लागिएको मेलाको स्थलगत अवलोकन गरिएको छ ।

समुहका अध्यक्ष पहलवान चौधरी अनुपको नेतृत्वमा गएको टोलीले मेला लगाउने स्थल सुरक्षाको दृष्टिकोण र दर्शकहरुलाई अवलोकनमा सहज हुने अनुमान गरेको छ । मेलालाई व्यवस्थित बनाउन नयाँ सोचका साथ अगाडी बढेको समुहका अध्यक्ष चौधरीले बताए । साथै मेलामा आउने सवैलाई मास्क अनिवार्य रूपले लगाएर आउन आग्रह समेत गरिएको छ ।

अवलोकनमा समुहका सचिव शिला पौडेल, कोषाध्यक्ष लोकमाया तामाङ, सदस्य लालमणी भुसाल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ता, गायक राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे