दाङमा कोर‍ोना संक्रमणदर बढ्दै , एकै दिन ४५ जनामा संक्रमण पुष्टि



दाङमा कोर‍ोना संक्रमणदर बढ्दै , एकै दिन ४५ जनामा संक्रमण पुष्टि

दाङ २२ पुस । दाङको तुलसीपुरमा विहीबार मात्रै स्वास्थ्यकर्मीसहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विहीबार कोरोना संक्रमण हुनेमा स्वास्थ्यकर्मी, बिद्यार्थी, शिक्षक र सहयोगी रहेका छन् । तुलसीपुरको मावि सेन्टरका बिद्यार्थी शिक्षक र कार्यालय सहयोगी गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

त्यसैगरी तुलसीपुरको गुरुजजुर मावि रक्षाचौरका ११ जना, जनता सस्कृत मावि बिजौरीका १ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी ७ जना स्वास्थ्यकर्मी र अन्य ११ जना गरी बिहीबार मात्रै ४५ जनामा कोरोना संक्रमण भएको केसीले बताए ।

यसअघि तुलसीपुरका आश्वरा मावि, राप्ती बाल एकाडमी र जनता संस्कृत माविका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तुलसीपुर क्षेत्रमा चार/पाँच दिनको अवधीमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने परिक्षण कार्य जारी रहेको केसीले बताए ।

संक्रमित मध्ये २ जना अस्पतालमा र अन्य सबै होम अईशोलेसनमा रहेको केसीले जानकारी दिए । संक्रमितहरुमा नाक बन्द हुने, खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने जस्ता लक्षिण देखिएको उनले बताए ।

त्यस्तै बिहीबार ओमिक्रोन हो होइन भनेर परिक्षणका लागि २० जनाको नमूना नेपालगञ्ज पठाइएको पनि केसीले जानकारी दिए । नमूनाको नतिजा आउने कम्तीमा पनि एक हप्ता लाग्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे