लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माणको काम अन्तिम चरणमा



लुम्बिनी प्रदेश राजधानी गुरुयोजना निर्माणको काम अन्तिम चरणमा

देउखुरी २१ पुस । लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रदेशको गुरुयोजना बनाउने काम अन्तिम चरणमा पुगेको हो ।

पुस महिनाको अन्तिममा फाईनल ड्राफ्ट प्राप्त हुने र त्यो गुरुयोजनाको बारेमा सरोकारवाला निकायहरुको विचमा छलफलपछी स्विकृतीको लागी प्रदेश सरकारलाई हस्तान्तरण गरिने पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्नतराज घिमिरेले जानकारी दिएका छन् । राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ८ र ९, गढवा गाउँपालिका वडा नं. १, २ र ३ को ४८० वर्गकिलोमिटर क्षेत्र राजधानीको लागी तोकिएको हो ।

प्रदेश सरकारले यि तिन वटै पालिकाको करिब साढे दुई सय वर्गकिलोमिटर जग्गालाई आधार मानेर गुरुयोजना तयार पारेको छ । गत बैशाख बाट गुरुयोजना तयार पार्ने काम शितारा ईकाकोट–टेक्निक्र्याक्ट–जेभिले गरिरहेको छ ।

कन्सल्टेन्सीले पुस अन्तिम साता गुरुयोजनाको ड्राफ्ट बुझाउनेगरी काम भैरहेको प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए । ‘गुरुयोजनाको रिपोर्ट प्राप्त भएपछी जनप्रतिनिधि र सरोकारवाला निकायको विचमा सुझाव संकलन पश्चात त्यसलाई अन्तिम रुप दिइन्छ । त्यसपछी गुरुयोजना स्विकृतीको लागी प्रदेश सरकारमा पेश गर्छौं’घिमिरेले भने–‘राजधानीको परिकल्पना आधुनिक र सांस्कृतीक शहरको रुपमा गरेका छौं ।’

राप्ती नदीलाई आधार मानेर नदी सभ्यतामा आधारित शहरको रुपमा प्रस्ताव गरिएको छ । नदी वारी र पारिको क्षेत्रलाई समेटर मोर्डन सिटीको विकास गर्ने योजना छ ।

जसमा राप्ती नदीको दुवै तर्फ दश बर्षको अन्तरालमा आउन सक्ने वा आएको बाढीलाई आधार मानेर पक्कि तटबन्ध गर्ने, नदीको दुवै किनारमा ६० मिटर चौडा बाटो निर्माण गर्ने, एक सय मिटर चौडा ग्रिन वेल्ड दुवै क्षेत्रमा बनाउने, त्यसपछी वारी र पारीलाई समेटेर मोर्डन सिटी(आधुनिक शहर)को योजना बनाइएको छ ।

राप्ती नदीको किनारमा आधुनिक शहर बसाल्ने योजना छ भने राप्ती गाउँपालिका वडा नं. २ लालमटीयाको उत्तर तर्फको ४० विगाह जग्गामा प्रशासनिक केन्द्र बनाउनेगरी सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे