राष्ट्रिय सभा सदस्य चुनावमा १९ पदका लागि ४३ उम्मेदवार (सूचीसहित)



राष्ट्रिय सभा सदस्य चुनावमा १९ पदका लागि ४३ उम्मेदवार (सूचीसहित)

काठमाण्डाै २० पुस । राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आउँदाे माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ४३ उम्मेदवारबाट मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिएका छन् । चुनावका लागि आज मङ्गलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ । आउँदाे फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । चुनावका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । चुनावमा प्रदेश सभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे