दाङमा राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको मनोनयन दर्ता



दाङमा राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको मनोनयन दर्ता

दाङ २० पुस । राष्ट्रिय सभा सदस्य पदका लागी लुम्बिनी प्रदेश निर्वाचन अधिकृतको कार्यालय दाङमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वान कार्यतालिका अनुसार मनोनयन दर्ताका लागी मंगलवार विहान दश बजे देखी दिउँसो तिन बजे सम्म समय तोकिएको थियो ।

यो अवधीमा लुम्बिनी प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागी प्रदेशबाट ४ राजनितिक दलको तर्फबाट ६ जनाले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागी नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । यस्तै गरी कांग्रेसको तर्फबाट बाँकेका युवराज शर्मा, जनमोर्चाको तर्फबाट रुपन्देहीका कुल प्रसाद विश्वकर्मा र नेकपा एकिकृत समाजवादीको तर्फबाट पाल्पाका राज्यलक्ष्मी गैरेले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराएकाहरुको सुची मंगलवार प्रकाशन गरिनेछ । उम्मेदवारहरु विरुद्ध बुधवार दावी विरोध गर्न सकिने छ भने २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रशान गरिने उहाले जानकारी दिए । प्रदेशबाट एक जना दलित, एक जना महिला र अन्य समुदायका एक जना गरी तिन जना निर्वाचित हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी जम्मा २९६ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे