देउखुरीको पहरूवामा मिनी ट्रकको ठक्करबाट मृत्यु भएका वृद्धको पहिचान खुल्यो



देउखुरीको पहरूवामा मिनी ट्रकको ठक्करबाट मृत्यु भएका वृद्धको पहिचान खुल्यो

भालुवाङ २० पुस । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवामा मिनी ट्रककाे ठक्करबाट मृत्यु भएका बृद्धकाे ३ दिन पछि आज पहिचान खुलेको छ ।

लमही नगरपालिका वडा नम्बर ४ भैसकोर्मा निवासी ६० वर्षिय जनकराम चाैधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

राप्ती गाउँपालिका ५ लठ्ठहवा ससुराली आएका चाैधरीलाई गत पुस १७ गते लमहीबाट भैरहवा तर्फ जादै गरेकाे लु १ ख ९६४७ नम्बरकाे मिनी ट्रकले शनिबार राती करिब साढे ९ बजेकाे समयमा पूर्व-पश्चिम राजमार्गकाे राप्ती गाउँपालिका-५ पहरूवामा ठक्कर दिएको थियोे ।

गम्भीर घाइते भई सडकमा बेहोस भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले तत्काल लमही अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने गाडीलाई शनिबार नै भालुवाङ प्रहरीले  नियन्यत्रणमा  लिएकाे थियो । मृतक चाैधरीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे