कालिका सामुदायिक वन लालमटियाले स्वर्गीय वन हेरालु थापाको परिवारलाई ३० हजार सहयोग गर्ने



कालिका सामुदायिक वन लालमटियाले स्वर्गीय वन हेरालु थापाको परिवारलाई ३० हजार सहयोग गर्ने

लालमटिया २० पुस । देउखुरीको कालिका सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको आकस्मिक बैठक सोमवार लालमटियामा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष पहलवान चौधरी अनुपको अध्यक्षमा बसेको बैठकले समुहका वन हेरालु राप्ती गाउँपालिका २ लालमटिया निवासी तालबहादुर थापाको आइतवार भएको असमाहिक निधन प्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । त्यसै गरी बैठकले स्वर्गीय थापाको परिवारलाई सामुदायिक वनको तर्फबाट ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । बैठकको सहजीकरण समुहका सचिव शिला पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे