दाङमा नाइके फरार प्रकरणमा प्रहरी जवान र युवती पूर्पपक्षका लागि कारागार चलान



दाङमा नाइके फरार प्रकरणमा प्रहरी जवान र युवती पूर्पपक्षका लागि कारागार चलान

दाङ २० पुस । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा अदालतले प्रहरी जवान र एक जना महिलालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो ।

हिजो भएको थुनछेक बहसमा कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीलाई १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । त्यसैगरी, होटल सञ्चालक घोराहीका सौजन्य खनाल र घोराही १६ की विपशा चौधरी साधारण तारेखमा छुुटेका छन् । पक्राउ परेकाहरु बिरुद्ध कैदी भागे भगाएको शिर्षकमा मुुद्धा दायर भएको थियो ।

कारागारका जेलर युवराज परियार गत शुुक्रबार नै छुटिसकेका थिए । कारागार बिभागले जेलरलाई पक्राउ नगर्नुु भन्ने निर्देशन दिएपछि केही दिन हिरासतमा बसेको परियारलाई प्रहरीले छोडेको थियो । यही पुुस ७ गते कारागारका नाईके रहेका यामराज परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले कारागारबाट अस्पताल लगेका थिए । तर उनिहरु अस्पताल नगई दुुई जना युुवती लिएर होटलमा गएको र उतैबाट कैदी परियार भागेका थिए । परियारको खोजी कार्य जारी रहेको भए पनि अझै फेला पर्न नसकेको प्रहरीले बताएको छ । भागेका कैदी परियार भारत पसेको प्रहरीको अनुुमान छ । मिलेमतो मै कैदी भगाएको प्रहरी निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे