तुलसीपुर खानेपानीको मतदान सकियो, ४४०५ मत खस्यो



तुलसीपुर खानेपानीको मतदान सकियो, ४४०५ मत खस्यो

तुलसीपुर १७ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी भएको मतदान सकिएको छ । निधारित समय भन्दा केहीबेर ढिला शुरु भएको मतदान ५ बजे सकिएको निर्वाचन समितीले जनाएको छ ।

संस्थामा ७ हजार ४ सय ६७ जना मतदाता रहेकामा ४ हजार ४ सय पाँच मत मात्रै खसेको समितीले जानकारी दिएको छ । मत गणना आजै हुने भएकोले मत गणनाका लागि तयारी भैरहेको निर्वाचन समितीले बताएको छ ।

शनिबार तुलसीपुरको अरनीको मैदानमा बिहान साढे ८ बजेदेखि मतदान सुरु भएको थियो । संस्थाको नेतृत्वका लागि महिला सदस्य बाहेक अन्य पदाधिकारीको लागि निर्वाचन भएको हो ।

तुलसीपुरका ९ राजनितिक दलहरुको समर्थनमा यमकान्त भण्डारीको प्यानल चुनावी मैदानमा रहेको थियो । भने अध्यक्षमा कांग्रेसबाटै बागी उम्मेद्धार पवनराज बुढाथोकी र विपि कांग्रेसबाट दिपक धिताल पनि चुनावी मैदानमा थिए । त्यस्तै उपाध्यक्षमा ३ जना, सचिवमा दुई जना, कोषध्यक्षमा चार जना र खुला दुई सदस्यमा तिन जनाको प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे