सिरहाकाे निषेधाज्ञा हट्याे



सिरहाकाे निषेधाज्ञा हट्याे

सिरहा १३ पुस । जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको निषेधाज्ञा हटाएको छ । जनमत पार्टीले हड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आज मङ्गलवार बसेको सर्वदलीय बैठकपछि निषेधाज्ञा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । प्रशासनले यसअघि पक्राउ परेका किसान मिथिलेश यादव र सिके राउतको दल जनमत पार्टीका १८ जना कार्यकर्तालाई पनि रिहा गरेको उनले बताए।

किसान यादव सिरहाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत धनुषाले साधारण तारिखमा रिहा गरेको हो । यादव पक्राउ परेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरु गरेको हो । आन्दोलनका क्रममा १८ जना पक्राउ परेकामा सर्वदलीय बैठकमा आएको अनुरोधअनुसार रिहा गरेको प्रमुख जिल्ला अधिकारी कवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे