घरेलु तथा साना उद्योग कार्यालयद्वारा गढवा बजार अनुगमन



घरेलु तथा साना उद्योग कार्यालयद्वारा गढवा बजार अनुगमन

गढवा १३ पुस । घरेलु तथा साना उद्योग कार्यालयले गढवा बजारको अनुगमन गरेको छ ।

सोमबार घरेलु तथा साना उद्योग कार्यालय घोराहीको निमित्त प्रमुख अधिकृत उम बहादुर वलिको नेतृत्वमा स्थानिय सरकार, संघ संस्था र सन्चार गृहको सहभागितामा बजार अनुगमन गरिएको हो ।

टोलीले गढवा बजारमा बाणिज्य तर्फ २० र उद्योग तर्फ ५ वटा वटा ब्यबसायको अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए न भएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिल को अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदिको लगाएतको बारेमा बुझिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमबहादुर वलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे