लुम्बिनी प्रदेश सरकारले द्वन्द्व पीडितको विवरण माग्यो



लुम्बिनी प्रदेश सरकारले द्वन्द्व पीडितको विवरण माग्यो

दाङ १३ पुस । लुम्बिनी प्रदेश सरकारले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका, घाइते भएका तथा अंगभंग भएकाहरूको विवरण संकलन सुरु गरेको छ । सरकारले द्वन्द्व प्रभावित जिल्लाहरूबाट विवरण संकलन थालेको हो ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सरकारले सबै खालका पीडितको विवरण पठाउन प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो । सरकारले विवरण मागे अनुसार माओवादी सशस्त्र द्वन्द्वबाट अति प्रभावित रोल्पाबाट समेत विवरण पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

उनले सरकारले पीडितका लागि राहत दिने उद्देश्यले विवरण संकलन गरिएको हुनसक्ने बताए । माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा मुलुकमै सबैभन्दा बढी द्वन्द्व पीडित छन् ।

सशस्त्र द्वन्द्वका बेला रोल्पामा करिब एक हजारको मृत्यु भएको थियो राज्य र विद्रोही पक्षबाट जिल्लामा मात्रै ९ सय ४६ जनाको मृत्यु भएकोमा राज्य पक्षबाट ७ सय ६२ को, विद्रोहीबाट १ सय ६५ को, दोहोरो भीडन्तमा ८ जना र पक्ष नखुलाइएका ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे