दाङमा चेक अनादर मुद्धाका फरार महिला पक्राउ



दाङमा चेक अनादर मुद्धाका फरार महिला पक्राउ

दाङ १३ पुस । दाङमा चेक अनादर मुद्धामा २ बर्ष कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट  २०७७ फागुन ६ गते चेक अनादर मुद्धामा २ बर्ष कैद सजाय फैसला भएको तर फरार रहेका एक जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालीका १५ बस्ने बर्ष ३१ की राधिका बिकलाई पक्राउ गरिएको र कैद भुक्तानका लागि अदालतमा बुझाई तुलसीपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे